अन्तराष्ट्रिय
भारतमा थपिए ४६ हजार संक्रमित, ६०८ संक्रमितको मृत्यु

काठमाडौं – भारतमा थप ४६ हजार ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २५ लाख ५७ हजार ७६७ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ४० हजार ३२५ जना संक्रिय संक्रमित छन् ।



यस्तै त्यहाँ एकैदिन ६०८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३६ हजार ३९६ पुगेको छ ।


