खबर फटाफटप्रदेश

बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप

Thrill Factory
Rungta Group

हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजार जनालाई  कोरोनाविरुद्धको खोप आजदेखि उपलब्ध गराइने भएको छ ।

आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा खोप पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए ।

सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच हजार मात्रा दुई हजार भायल खोप स्थानीय तहमा यसअघि तोकिएका खोप केन्द्रमा पठाइसकिएको चापागाईंले बताए ।

बाढी प्रभावितलाई दुई मात्रा लगाउनुपर्ने एस्ट्रोजेनिका सुई लगाउन लगिएको हो । खोप नपुगेमा सम्पर्क गर्न पालिकालाई आग्रह गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button