No Image Headlineअर्थविशेष

प्रधानमन्त्री रोजगार कार्यक्रम : प्रचार बढी, न्यून उपलब्धि

Thrill Factory
Rungta Group

काठमाडौं- ‘प्रधानमन्त्री रोजगार कार्यक्रम लागि आर्थिक वर्ष २०७७/७८ मा १० अर्ब ३४ करोड रुपैयाँ छुट्याएको थियो । सबैभन्दा पछिल्लो विवरणअनुसार ६ अर्ब ४९ करोड २६ लाख ८२ हजार रुपैयाँ खर्च भएको छ ।

उक्त खर्च कुल बजेटको ६२ दशमलव ७९ प्रतिशत हो । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यालयका अनुसार यति खर्चमा देशभर १ लाख ७७ हजार ५७४ जनाले सरदर ७३ दिन रोजगारी पाए । गत आर्थिक वर्षमा दुई लाख युवालाई एक सय दिनको रोजगारी दिने लक्ष्य थियो ।

कार्यक्रम निर्देशक सुमन घिमिरेका अनुसार आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यको ८४ दशमलव ८७ प्रतिशत सफलता हासिल भएको छ । उनले भने, ‘अघिल्ला आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा हामीले राम्रो प्रगति गरेका छौँ ।’ उनका अनुसार हिमाली क्षेत्रका केही स्थानीय तहबाट भौतिक र आर्थिक प्रगतिको विवरण आउन बाँकी छ ।

आर्थिक वर्ष ०७६/७७ मा ३ लाख ६९ हजार ३१३ जनाले रोजगारीका लागि आवेदन दिएकोमा १ लाख ३ हजार ५ सयले औसतमा १६ दिन काम पाएका थिए ।

उक्त वर्ष ५ अर्ब १ करोड बजेट छुट्याएकोमा ९० करोड ८ लाख रुपैयाँ मात्रै खर्च भएको थियो । उक्त खर्च कुल बजेटको करिब १८ प्रतिशतमात्र हो ।

गत आर्थिक वर्ष कोभिडका कारण बेरोजगारको संख्या बढेपछि स्थानीय तहमा काम खोज्दै आवेदन दिनेको संख्या ह्वातै बढेको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखाका अनुसार वर्षभरिमा ७ लाख ५२ हजार ७२१ जनाले कामका लागि आवेदन दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button