No Image Headlineदेश

नेपाल र ठाकुर नेतृत्वका दुवै दलले पाए निर्वाचन आयोगबाट पाए वैधता

Thrill Factory
Rungta Group

निर्वाचन आयोगमा थप दुई नयाँ दल दर्ता भएका छन् । एमालेबाट फुटेर बनेका नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी विधिसम्मत आयोगमा दर्ता भएका हुन् ।

दुवै पार्टीका तर्फबाट पेश भएका नामहरुको सनाखत सम्पन्न भएको थियो । बुधबार बेलुका दुबै दलका प्रतिनिधिलाई बोलाएर प्रमाणपत्र दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले दुबै दललाई चुनाव चिन्ह दिनेबारे निर्णय पछि हुने जानकारी दिए ।

आयोगका सचिव सुरेश अधिकारीले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव झालाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेका हुन् ।

नेकपा (एमाले) बाट विद्रोह गरी अलग राजनीतिक दलका लागि ५६ केन्द्रीय सदस्य र ३० सांसदले आयोगमा सशरीर उपस्थित भई नयाँ दलका पक्षमा सनाखत गरेका हुन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो ।

दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेश गरेकामा भास्कर काफ्ले र रवीन कोइरालाको सनाखत हुन सकेन । पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट सनाखत गरेका छन् ।

सङ्घीय संसद्का २९ जना सांसदले पनि नयाँ दलका पक्षमा सनाखत गरे । सांसद सोमप्रसाद पाण्डेय, मायादेवी ज्ञवाली र शारदा भट्टको निवेदनका बेला दस्तखत नभए पनि बुधबार दलका पक्षमा सनाखतका लागि आयोग पुगेका थिए ।

नेकपा (एमाले)बाट विभाजन भएका हुनाले उक्त दलको तत्कालीन कायम रहेको २०३ मध्ये दलको मान्यता पाउन ४१ केन्द्रीय सदस्य समर्थन आवश्यक पर्दथ्यो ।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि दुबै दलले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । आयोगले बुधबार प्रमाणपत्र प्रदान गरेसँगै दुबै दलले वैधना पाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button