No Image Headlineदेशमुख्य खबर

माधव नेपालसहितका नेतालाई ‘मूल घर’ मा फर्किन ओलीको अपील

Thrill Factory
Rungta Group

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावीत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका नेताहरुलाई मूल घरमा फर्किन अपील गरेका छन् ।

तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा पत्रकार सम्मेलनमा ओलीले जारी गरेको वक्तव्यमा माधव नेपालसहितका नेताहरुलाई एमालेमा फर्कन अपील गरेका छन् ।

वक्तव्यमा ओलीले भने का छन्, तपाईंहरू मूल घरमा फर्किनुस्। यसअघिका कामको आधारमा म कुनै पूर्वाग्रह राख्दिनँ ।’

ओलीले जारी गरेको वक्तव्य पार्टी सचिव प्रदीप ज्ञवालीले बाचन गरेका थिए ।

लगत्तै पत्रकारहरुले राखेका जिज्ञासामा ओलीले वर्तमान सरकारले जारी गरेको अध्यादेश असंवैधानिक भएको टिप्पणी गरे । सरकारले संविधानको मर्मविपरित कुनै दल विशेषलाई फुटाउने नियत राखेर अध्यादेश ल्याएकोमा आपत्ती जनाए ।

‘मेरो पालामा पनि अध्यादेश ल्याएको हो, तर मध्यरातमा संसद अधिवेशन अन्त्य गरेर भोलिपल्टै अध्यादेश ल्याएको थिइनँ,’ ओलीले भने, ‘देश र जनताका लागि अत्यावश्यक परेका बेला अध्यादेश ल्याउन पाइन्छ तर एमालेलाई विभाजन गर्न सोधेरै कति प्रतिशत राख्दा हुन्छ भनेर अध्यादेश ल्याइयो ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button