No Image Headlineखबर फटाफटदेश

सक्रिय कोरोना संक्रमित संख्या ३८ हजारभन्दा बढी, निको हुने दर ९३.५ प्रतिशत

Thrill Factory
Rungta Group

काठमाडौं-नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार २५० रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार २५० जना रहेको छ ।

जसमध्ये ३५ हजार १४५ जना होम आईसोलेशनमा रहेका छन् भने ३ हजार १०५ जना संस्थागत आईसोलेशनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ६२० जना आईसीयू र १७० जना भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी मन्त्रालयले १० वर्ष मुनिका ३६ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ । नेपालमा कोरोना निको हुने प्रतिशत दर हाल ९३ दशमलव ५ रहेको मन्त्रालयले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button