कृषि

अमेरिकामा २४ घण्टामा १ हजार १३० को मृत्यु, १ लाख ४४ हजार संक्रमित थपिए

Thrill Factory
Rungta Group

काठमाडौं – अमेरिकामा कोरोना संक्रमित थप १ हजार १३० जनाको मृत्यु भएको छ । बितेको २४ घणटाको अवधिमा १ लाख ४४ हजार ६८७ संक्रमित थपिएका छन् ।

योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ८९ लाख ६५ हजार ९९३ पुगेको छ । यो समाचार तयार पार्दासम्म ६ लाख ४८ हजार १२६ले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमित मूलुकको सूचीमा अमेरिका पहिलो स्थानमा छ । दोस्रो स्थानमा भारत छ । भारतमा थप ५१ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २५ लाख ११ हजार ३७० पुगेको छ ।

भारतमा ३ लाख २८ हजार ९५६ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ७३७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार ७८८ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button