No Image Headlineखबर फटाफटदेश
कुलमान नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं– सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिएन । तर, सो निर्णयको फाइल मगाएको छ ।
सरकारले गत साउन २५ गते घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो । सरकारको सो निर्णयविरुद्ध तत्कालिन कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए ।


सो रिटमाथि मंगलबार सुनुवाई गर्दै सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले सक्कल फाइल झिकाउने आदेश दिएको हो । आफूलाई अन्त पठाएर आफूलाई अन्त पठाएर घिसिङलाई ल्याइएको भन्दै अन्तरिक आदेश माग गर्दै शाक्यले रिट हालेका थिए ।