अर्थप्रदेश

एनवाईईएफ-ईआरएबीच आर्थिक सरोकारका विषयमा सहकार्यको समझदारी

Thrill Factory
Rungta Group

वीरगञ्ज–नेपाली युवा उद्यमी फोरम (एनवाईईएफ) वीरगञ्ज र इकोनोमिक रिपोटसर्् एसोसिएशन (ईआरए) बीच आर्थिक तथा सामाजिक क्षेत्रको उत्थानका विषयमा सहकार्य गर्ने समझदारी भएको छ ।

वीरगञ्जमा आयोजित एक समारोहबीच नेपाली युवा उद्यमी फोरम वीरगञ्जका अध्यक्ष अनुप अग्रवाल र रिपोटर्स एसोसिएशनका अध्यक्ष ओमप्रकाश खनालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

दुवै संस्थाबीच अर्थसामाजिक विषयहरूमा रचनात्मक समन्वय र सहकार्य रहने समझदारीपत्रमा उल्लेख छ । ‘आर्थिक विकासका साझा सवालहरूमा सहकार्य गर्दै नीतिगत विषयमा विमर्श एवम् सकारात्मक पहल गरिनेछ, समझदारीपत्रमा भनिएको छ, आर्थिक पत्रकारिताले समेट्न सक्ने विषयहरूको अन्वेषण र सार्वजनकीकरणमा सहकार्य गरिनेछ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button