No Image Headlineखबर फटाफटदेश

मौसममा सुधार हुन अझै केही दिन लाग्छ : मौसम विज्ञान विभाग

Thrill Factory
Rungta Group

काठमाडौ-मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ ।

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो ।     बुधवारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए ।

शुक्रवारसम्म देशका धेरैजसो स्थानमा बदली रहनाका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेकोे छ । त्यस अवधिमा दिउँसोभन्दा राति र बिहान पानी धेरै पर्ने बताइएको छ ।

हाल देभभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरेहको र वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button