अन्तराष्ट्रिय

चीनमा १ अर्ब ६० करोडले लगाए कोरोना खोप

कोरोना डेल्टा भेरिअन्ट फैलिएपछि चीनसहित केही देशमा कोरोनाभाइरस पुनः चिन्ताको विषय बनेको छ।

चीनमा १० दिनको अवधिमा तीन सयभन्दा बढी मानिसमा सङ्क्रमण पुष्टि भएको थियो। हाल चीनमा सङ्क्रमणको परीक्षण बढाइएको छ र यात्रामा पनि प्रतिबन्ध कडा गरिएको छ।

विश्वभर फैलिएको कोरोनाभाइरसको हजारौँ प्रकार अर्थात् भेरिअन्ट छन्। तीमध्ये डेल्टा या B.1.617.2 भेरिअन्ट एक हो जुन संसारका अधिकांश देशहरूमा तीव्र गतिमा फैलिरहेको छ। यूकेमा यो भेरिअन्टको प्रभाव अधिक रहेको मानिएको छ।

चीनमा हालसम्म एक अर्ब ६० करोड मात्रा खोप वितरण भएको त्यहाँका अधिकारीहरूले बताउँछन् तर कति चिनियाँ नागरिकले दुवै मात्रा खोप लगाए भन्ने प्रस्ट छैन।भाइरसका विभिन्न प्रकार देखिए पनि सङ्क्रमणको जोखिमबाट बच्ने उपाय भनेको हात धुनु, दूरी कायम राख्नु, मुख छोप्नु र हावाको बहावबारे सतर्क रहनु नै हो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button