अन्तराष्ट्रिय

अमेरिकाले तालिबानले दिएको समयसीमाभित्र उद्धारको काम सक्ने

काठमाडौं- अमेरिकाले तालिबानले दिएको समयसीमाभित्र अफगानिस्तानबाट उद्धारको काम सम्पन्न गर्ने भएको छ। तालिबानले ३१ अगस्टभित्र उद्धारको काम सक्न र त्यसो नगरिए काबुल विमानस्थल आफ्नो नियन्त्रणमा लिने चेतावनी दिएपछि अमेरिकाले समयसीमाभित्रै उद्धारको काम सक्ने बताएको हो।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले तोकिएको समयअवधि थप्नेबारे अहिले केही नसोचिएको र समयमै उद्धारको काम सकिने बताएको छ। तालिबान अधिकारीले बिबिसीसँगको कुराकानीमा ३१ अगस्टसम्म उद्धारको काम नसकिएको काबुल अन्तर्राष्ट्रिय विमानस्थल पश्चिमा देशको कब्जामा रहेको बुझिने बताएको थिए।

काबुल विमानस्थलबाट हजारौं मानिस बाहिरिइसकेका छन् भने हजारौं मानिस विमानस्थलबाहिर जम्मा भएका छन्। ह्वाइट हाउसका अनुसार सोमबार एकै दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म काबुल विमानस्थलबाट १० हजार ९०० मानिस बाहिरिएका छन्।

अमेरिकाले हालसम्म काबुलबाट ४८ हजार मानिसलाई निकालेको छ। यसअघि उद्धारका लागि सैन्य विमानमात्र प्रयोग गरिरहेको अमेरिकाले पछिल्लो पटक व्यवसायिक उडानलाई पनि उद्धारका लागि प्रयोग गरेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button