No Image Headlineखबर फटाफटदेश

माधव नेपालको आह्वान- ओलीको छलकपटमा नपरौँ, विद्रोह गरौँ

Thrill Factory
Rungta Group

काठमाडौं-प्रस्तावित नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको छलकपटमा नपरी विद्रोहमा उत्रिन एमाले नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

आफ्नो साथ छोडेका स्थायी कमिटी सदस्य र ओलीबीच १० बुँदे कार्यान्वयन गर्ने सहमति भएको समाचार सार्वजनिक भएपछि नेपालले मध्यराती अपील जारी गर्दै भनेका छन्, ‘कम्युनिस्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका निम्ति हामीले कठोर कदम चाल्नुपर्ने स्थिति उत्पन्न भएको छ । नेकपा (एमाले) को पुनर्गठन एवम् रूपान्तरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले विकल्पको बाटो रोज्नुपर्ने बाध्यकारी अबस्था सिर्जना भएको छ।’

नेपालले आफूहरुले पार्टी एकता जोगाउन निरन्तर रूपमा प्रयत्न गरेको भएता पनि ओलीले कुनै हालतमा पनि एकता गर्न नचाहेपछि एकता कायम रहन नसक्ने स्थिति उत्पन्न भएको प्रष्ट पारेका छन् ।

‘त्यसैले आज हामी इतिहासको एउटा अत्यन्तै गम्भीर मोडमा आइपुगेका छौँ,’ नेपालको अपीलमा उल्लेख छ, ‘उहाँले एकातिर एकताको निम्ति वार्ताको अभिनय गर्ने अर्कोतर्फ नयाँ पार्टी सदस्यता वितरण गर्ने, पार्टी सदस्यताको नविकरण गर्ने र पार्टीको तल्लो तहको अधिवेशनको मिति तोक्दै व्यापक रुपमा संगठनात्मक क्रियाकलाप अगाडि बढाउँदै आफ्नो गुटको शक्ति वृद्धि गर्ने र हामीलाई कुनै संगठनात्मक गतिविधि गर्न नदिई वार्ताको नाटकमा अल्मल्याउने काम गरिरहनुभयो।’

अध्यक्ष नेपालले नेकपा (एमाले) ले स्थापित गरेको विचारको विविधतालाई आत्मसात गर्ने दृष्टिकोण, विधि र पद्धतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचरणलाई बचाइराख्न आफ्नो चाहना भएको पनि उल्लेख गरेका छन्।

‘नेकपा (एमाले) लाई नयाँ ढङ्गले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउनु आवश्यक छ । नेकपा (एमाले) पुनर्गठन र रूपान्तरणको यस महाअभियानको क्रममा हामीले नेकपा (एमाले)बाट बैधानिक रुपमा विद्रोह गरी नेकपा एमाले (समाजवादी) नामको नयाँ पार्टी गठन गर्दै अगाडि बढेका छौँ,’ अपिलमा भनिएको छ,‘कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक र राष्ट्रियताको यस महाअभियानलाई सशक्त र प्रभावकारी रुपमा नयाँ उत्साह र संकल्पका साथ अघि बढाउन आ-आफ्नो ठाउँमा खट्नुहुन र सहयोग पुर्‍याउनुहुन सबैमा हार्दिक अपील गर्दछौँ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button