देशमुख्य खबर

कांग्रेसमा क्रियाशीलको किचलो : महाधिवेशनमा लाग्नुपर्ने नेता कार्यकर्तालाई धर्नाको चटारो

कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको धर्ना

Thrill Factory
Rungta Group

काठमाडौं-सत्ता नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको पार्टी नेतृत्व भने चरम विवादमा रुमलिएको छ ।

आन्तरिक विवादकै कारण कोरोनालाई कारण देखाएर पटकपटक महाधिवेशन मिति सार्दै आएको कांग्रसले पछिल्लो पटक महाधिवेशनको मिति टुंगो लगाए पनि क्रियाशिल सदस्यताको किचलो समाधान हुन सकेको छैन ।

यही विवादलाई संस्थापन पक्षइतरका जिल्ला सभापतिहरूले पार्टी कार्यालयमा धर्ना दिएका छन् । पार्टीको क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै जिल्ला सभापतिहरूले पार्टी केन्द्रीय कार्यालयमा कार्यालयमा धर्ना दिने निर्णयमा पुगेका हुन।

वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट सभापतिहरु धर्नामा उत्रिएका हुन् । यसअघि जिल्ला सभापतिहरुले यही साउन ७ गतेभित्र क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, विधि विधान र मापदण्डअनुसार छानबिन गरी सदस्यता सूचीलाई अन्तिम रुप दिनु पर्ने र सबै जिल्ला सभापतिको निर्वाचन प्रक्रियामा एकरुपमा आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राखेका थिए ।

यसअघि पनि क्रियाशील सदस्यता विवादका कारण नेता, कार्यकर्ताहरु धर्नामा बस्दै आएका थिए । यसैबीच नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान भएको दाबी गर्दै त्यसको प्रतिवेदन सोमबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाइएको थियो ।

विवाद समाधानको जिम्मेवारी तोकिएका नेताहरुका तर्फबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिवेदन बुझाएका थिए । केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वको क्रियाशील सदस्यता छानविन समितिले गत साउन १२ गते क्रियाशील सदस्यता विवरणको अधिकांश कार्य सम्पन्न गरी पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदन गत साउन ३० गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पारित गरी प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी कार्य पूर्वमहामन्त्री सिटौला, केन्द्रीय सदस्यद्वय रिजाल र लेखकलाई जिम्मेवारी तोकेको थियो ।

सोही केन्द्रीय समिति बैठकले यही भदौ २ गतेभित्र सहमतिमा टुङ्गो लगाई भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने निर्णय गरेको थियो तर क्रियाशील सदस्यताको विवाद समयमै निरुपण हुन नसकेका कारण आज मात्रै सभापति देउवालाई प्रतिवेदन बुुझाइएको हो ।कांग्रेसले केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button