No Image Headlineखबर फटाफटदेश

जापानबाट आयो थप साढे ५ लाख डोज खोप

Thrill Factory
Rungta Group

काठमाडौं- जापान सरकारले नेपाललाई कोभ्याक्स कार्यक्रम अनुसार अनुदान दिएको कोरोनाविरुद्धको खोपको दोस्रो खेप सोमबार काठमाडौं आइपुगेको छ ।

काठमाडौंस्थित जापानी दूतावासले खोपको दोस्रो खेप सोमबार त्रिभुवन विमानस्थालमा आइपुगेको जानकारी दिएको छ । जापानी दूतावासका अधिकारीहरुले खोप स्थास्थ्य मन्त्रालयका अधिकारीहरुलाई हस्तान्तरण गरेका छन् ।

जापानले नेपाललाई अस्ट्राजेनेका खोप अनुदान सहयोग गरेको हो । जापानले नेपाललाई १६ लाख डोज खोप अनुदान दिने प्रतिवद्धता जनाएको थियो ।

सो अनुसार पहिलो खेप यसअघि नै आइसकेको छ। र सो खोप यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा पर्खिरहेका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिइएको छ ।

सोमबार आइपुगेको ५ लाख ५९ हजार ३६० डोज खोप पनि कोभिशिल्डको दोस्रो डोज पर्खेकाहरुलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अब प्रदेश नम्बर १ र २ मा यो खोप लगाइने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button