No Image Headlineदेश

माधव नेपालको दल दर्तालगत्तै मन्त्रिपरिषद विस्तारको तयारीमा देउवा

Thrill Factory
Rungta Group

काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि माधव नेपाललाई पर्खिरहेका छन् । सत्ता साझेदार दलहरुबीच सरकारलाई विस्तार गर्ने विषयमा यसअघि नै सहमति भइसकेको छ ।

नेकपा एमालेबाट छुट्टिएर नयाँ दल नेकपा एकिकृत समाजवादी खोल्न लागेका माधवकुमार नेपालको दल दर्ता भए लगत्तै सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ । निर्वाचन आयोगले यो दल दर्ताको प्रमाणपत्र आगामि बुधबार दिनसक्ने अनुमान गरिएको छ । ९ भदौका लागि निर्वाचन आयोगले प्रस्तावित एकिकृत समाजवादीका नेताहरुलाई सनाखतका लागि निर्वाचन आयोग बोलाएको छ ।

यसअघि प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएको यो समूहबाट सरकारमा अब ६ जना मन्त्री हुने भएका छन् । प्रधानमन्त्री देउवाले कांग्रेसलाई ७ र सत्ता साझेदार माओवादी केन्द्र, जसपा र माधव नेपाल समूहलाई १८ मन्त्रालय बराबरी रुपमा भाग लगाउने भएका छन् ।

‘सरकार विस्तारको काम सम्भवतः यही साताको अन्त्यमा वा अर्को साताको सुरुवातमा नै भइसक्छ,’ देउवानिकट एक कांग्रेस नेताले भने, ‘सरकारमा आउन माधवकुमार नेपाल समूहलाई कुरिरहेकाले पनि अहिलेसम्म सरकार विस्तार हुन नसकेको हो ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button