अन्तराष्ट्रिय

भारतमा कोभिडबाट संक्रमित ३ करोड २४ लाखभन्दा बढी

Thrill Factory
Rungta Group

नयाँदिल्ली -भारतमा कोभिड–१९ संक्रमितको संख्या आइतवारसम्म ३ करोड २४ लाख २४ हजार २३४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ ।

भारतभर विगत २४ घण्टाको समयमा ३० हजार ९४८ थप व्यक्तिमा संक्रमण पुष्टि पुष्टि भएको छ । साथै शनिवार बिहानदेखि २४ घण्टाको अन्तरालमा कोभिड–१९ सङ्क्रमित थप ४०३ जनाको मृत्यु भएको छ । यससँगै भारतमा मृत्यु हुने कोभिड–१९ संक्रमितको संख्या ४ लाख ३४ हजार ३६७ पुगेको छ ।

विगत २४ घण्टाको अवधिमा अघिल्लो दिनभन्दा ७ हजार ९४२ कोभिड–१९ संक्रमित थपिएका छन् भने संक्रमित रहेको कुल व्यक्तिको संख्या अझै ३ लाख ५३ हजार ३९८ छ ।

भारतमा पछिल्लो १५३ दिनमा सक्रिय संक्रमितको सङ्ख्या सबैभन्दा कम बनेको संघीय स्वास्थ्य मन्त्रालयले बताएको छ । हालसम्म ३ करोड १६ लाख ३६ हजार व्यक्ति कोभिड संक्रमणबाट निको भएका छन् । विगत २४ घण्टामा निको भई अस्पतालबाट घर फर्किएका विरामीको ससंख्या ३८ हजार ४८७ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमणबाट निको हुने व्यक्तिको संख्या दर बढेर ९७ दशमलव ५७ प्रतिशत पुगेको छ र यो दर सन् २०२० मार्चपछि पहिलो पटक सबैभन्दा बढी हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button