खबर फटाफटप्रदेश

बेग्लाबेग्लै दुर्घटनामा ५ जनाको ज्यान गयो

Thrill Factory
Rungta Group

वीरगञ्ज- बारा, सिरहा र उदयपुरमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बारामा भएको दुर्घटनामा तीन जना तथा सिरहा र उदयपुरमा एक–एक जनाको ज्यान गएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका १६ टागियामा प्रदेश २, ०३–००२ प ५३३५ र बा ६५ प २७५६ नम्बरको अर्को मोटरसाइकल आपसमा ठोक्किँदा नुवाकोटको घुङताङ ३ का ४० वर्षीय टुलुराज तामाङ, बाराको निजगढ नगरपालिका ९ का १६ वर्षीय विकास साह र ३५ वर्षीया सुनैना देवी साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

सिरहाको धनगढीमाई नगरपालिका ६ मा स १० प ४२४७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा अन्दाजी १८ वर्षीय किशोरको मृत्यु भएको छ । गएराति साढे ११ बजे पैदल हिंडिरहेका ती किशोर मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएको र उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै उदयपुरको त्रियुगा नगरपालिका ३ लच्कामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गाईघाटबाट मोतीगडातर्फ आउँदै गरेको प्रदेश १, ०१–००५ प ३७१४ नम्बरको मोटरसाइकल शनिबार साँझ सवा ६ बजे विजुलीको पोलमा ठोक्किएर पल्टिंदा सोही मोटरसाइकलका चालक ३२ वर्षीय शान्तिराम राईको मृत्यु भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button