खबर फटाफटप्रदेश

प्रदेश १ मा ७६९ कोरोना सङ्क्रमित थपिए

Thrill Factory
Rungta Group

विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सो अवधिमा एक हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ४२९ र एक हजार ३२५ जनाको एन्टिजेन परीक्षण गर्दा ३४० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरङमा १४५ मध्ये विराटनगरमा ४५, सुनसरीमा ८६, इलाममा १६, पाँचथरमा १२, धनकुटामा आठ, उदयपुरमा तीन, भोजपुरमा दुई, सङ्खुवासभा र तेह्रथुममा एक एक र प्रदेश बाहिरका छ जनामा सङ्क्रमण देखिएको हो ।

सोही अवधिमा प्रदेशमा आजै ४८५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २५२ महिला र २३३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा तीन जना महिलासहित आठ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button