खबर फटाफटप्रदेश

नवनियुक्त वाग्मती प्रदेश प्रमुख शर्माले लिए शपथ

Thrill Factory
Rungta Group

वाग्मती प्रदेशको प्रदेश प्रमुखमा नियुक्त यादवचन्द्र शर्माले विद्यादेवी भण्डारीज्यू समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

नेपालको संविधानको धारा १६७ बमोजिम शर्माले वाग्मती प्रदेशको प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथ लिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आजै राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् । त्यसअघि उनले प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गरेकी थिइन् ।

नवनियुक्त प्रदेश प्रमुख शर्मा माधवकुमार नेपाल निकट हुन् । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रदेश प्रमुखका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button