खबर फटाफटप्रदेश

एनवाईईएफको संयोजनमा वीरगञ्जमा ‘मास्क अप वीरगञ्ज’ अभियान

Thrill Factory
Rungta Group

वीरगञ्ज- नेपाल मास्क अभियानअन्तर्गत बुधबार वीरगञ्जका ३ स्थानमा मास्क प्रयोगसम्बन्धी चेतना जगाउन होर्डींग बोर्ड लगाइएको छ ।

नेपाल युवा उद्यमी फोरम (एनवाईईएफ) वीरगञ्जको संयोजनमा कार्यक्रम भएको हो । सो कार्यक्रमलाई वीरगञ्ज महानगरपालिका र चाओसती ग्रुपले सहयोग गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले अब मास्कको विकल्प नभएको बताए ।

कोरोना महामारीसित जुध्न मास्कको सही प्रयोग र सतर्कता नै उत्तम उपाय भएको पनि प्रमुख सरावगीले बताए । होर्डींग बोर्डले चेतनामुलक सन्देश दिने दाबी उनको थियो ।

वीरगञ्ज अहिले ग्रीन जोनमा परे पनि महामारीका अन्य लहर पनि आउने सम्भावना रहेकाले सतर्कताको खाँचो रहेको उनले औंल्याए । वीरगञ्जको खुला सिमाना भारतसित जोडिएकाले पनि विशेष सतर्कता अपनाउनुपर्ने सरावगीले बताए ।

एनवाईइएफका सक्रियताको प्रशंशा गर्दै उनले अरुले पनि यो सक्रियताको अनुशरण गर्नुपर्ने बताए । एनवाईईएफका अध्यक्ष अनुप अग्रवालले युवा उद्यमीहरुले कोरोनाबाट बच्ने उपायका बारेमा चेतना फैलाउने काम गरेको बताए । उनले अहिले ३ ठाउँमा लगाइएको होर्डींग बोर्ड निकट भविष्यमा अन्य स्थानमा पनि लगाउने योजना रहेको बताए ।

यो अभियानमा वीरगञ्ज महानगर र अन्य सहयोगीहरुले गरेको सहकार्यको प्रशंशा गर्दै उनले भविष्यमा पनि यस खालको सहयोगको अपेक्षा राखेको स्पष्ट पारे । सन्देश फैलाउने र सर्वसाधारणलाई सचेत बनाउने प्रयास गरेको बताए । मास्क लगाउनुपर्छ भन्ने थाहा भएकाहरुबाट नै लापरवाही बढेको इंकित गर्दै अध्यक्ष अग्रवालले आफ्नो लापरवाहीका कारण अरुलाई हानी पुग्ने कार्य नगर्नुपर्ने धारणा राखे ।

वीरगञ्जको माइस्थान,आदर्शनगर र मकालु होटलमा होर्डींग बोर्ड लागाइएको छ । कार्यक्रममा प्रहरी चौकी आदर्शनगरका प्रहरी नायब निरीक्षक हिरा बहादुर बुढाथोकी, वीरगञ्ज साइक्लिड क्लबका अध्यक्ष सञ्जय अग्रवाल, व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलिपराज कार्की, ग्रिनसिटी सामुदायीक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानलगायतको सहभागिता थियो ।

बोर्ड लगाउन स्थान उपलब्ध गराउने चाओसती ग्रुपका सञ्चालक पवनकुमार रुंगटा पनि कार्यक्रममा सहभागी थिए । नेपाल युवा उद्यमी मञ्च वीरगञ्जका प्रथम उपाध्यक्ष राकेश झाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजिकरण सञ्चारकर्मी सूर्यनारायण विकले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button