अर्थप्रदेश

माथिल्लो तामाकोशी जलविद्युुत् आयोजनाका ६ ओटै युनिट सञ्चालनमा

Thrill Factory
Rungta Group

दोलखा । राष्ट्रिय गौरवको ४५६ मेघावाटको माथिल्लोे तामाकोशी जलविद्युत् आयोजनाका सबै युनिटहरु पूर्णरुपमा सञ्चालनमा आएका छन् ।

मंगलवार छैटौं युनिट पनि सञ्चालनमा आएसँगै आयोजनाका सबै युनिटहरु संचालनमा आएका हुन् ।मंगलवार आयोजनाको अन्तिम छैटौं युनिटबाट पनि परीक्षण उत्पादन शुरु भएपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका सबै युनिटहरु सञ्चालनमा आएको आयोजनाका इलेक्ट्रीकल महाशाखाका प्रमुख पुर्ण गोपाल रञ्जितले जानकारी दिए ।

यसअघि पहिलो युनिट असार २१ गते, दोस्रो युनिट असार २९ गते,  तेस्रो युनिट साउन ८ गते,  चौथो युनिट साउन १८ गते तथा पाँचौं युनिट साउन २६ गते सञ्चालन गरिएको थियो ।

छैटौं युनिट सञ्चालनमा आएसँगै छ ओटै युनिटबाट उत्पादित विद्युत् प्रसारण केन्द्रीय प्रसारण लाइनमा जोडिएको महाशाखाका प्रमुख रञ्जितले बताए । अब छैटौं युनिट सञ्चालनमा आएसँगै केहि समय पछि आयोजनाले पूर्ण क्षमतामा व्यावसायिक उत्पादन शुरु गर्ने उनको  भनाइ छ ।

आयोजनाबाट उत्पादीत विद्युत् विद्युतगृहदेखि २२० केभी गोंगर–खिम्ती डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसनसम्म तथा त्यहाँबाट २२० केभी प्रसारण लाइृनबाट खिम्ती–ढल्केबर प्रसारण लाइनमार्फत ४००/ २२० केभी ढल्केबर सब–स्टेसनसम्म लगिएको छ । साथै आँशिक रुपमा खिम्ती सब – स्टेशनबाट काठमाडौंमा पनि विद्युत् प्रसारण गर्र्न  सकिने छ ।

यसैगरी रोल्वालिङ डाइभर्सनको काम पनि अगाडि बढाउने प्रक्रिया चलिरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ । आर्थिक अभियान

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button