खबर फटाफटप्रदेश

लुम्बिनी प्रदेशसभा स्थगित

Thrill Factory
Rungta Group

बुटबल– प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक बुधबार पनि स्थगित भएको छ ।

बुधबार बैठक शुरु हुनेबितिकै एमालेका प्रदेशसभा सदस्यले उठेर बिरोध जनाएका थिए । बैठक शुरु भएलगत्तै एमाले सांसद हरि रिजालले सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेसम्म बैठक चल्न नदिने बताए लगत्तै एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै नारावाजी गरेका थिए ।

सूर्य चिन्ह लिएर निर्वाचित शाही र वलीले पार्टी र संसदीय दलको विधान र पार्टीको निर्देशन विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको र अब कारबाहीको सूचना नसुनाएसम्म बैठक अघि बढ्न नसक्ने उनीहरुको भनाइ छ ।

एमालेले कारबाही गरेका सांसदको विषयमा आएका कागजपत्रका विषयमा अन्य जानकारी पनि आएकाले यसबारे छलफल गरेर अघि बढ्ने सभामुख पूर्णबहादुर घर्तीले बताएका थिए । तर, नारावाजी जारी नै भएपछि सभामुख घर्तिले बिहीबार दिउसो १ बजेसम्मलाई बैठक स्थगित गरेका हुन् ।

बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले विशेष सम्बोधन गर्ने कार्यसूचि रहेको थियो । एमालेले मंगलबार पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button