स्वास्थ्य/जिवनशैली

कोरोनाविरूद्धको खोप : कुन भ्रम, कुन यथार्थ ?

Thrill Factory
Rungta Group

भ्रम नं) कोभिड–१९ भ्याक्सीनले DNA लाई ड्यामेज गर्दछ ।

वास्तविकता नं- १) चारै किसिमका कोभीड–१९ भ्याक्सीनहरु MRNA, Viral Vector, Inactivated Virus, Protein Antigen भ्याक्सीन कुनैले पनि DNA ड्यामेज गर्दैन ।

भ्रम नं- २) यो भ्याक्सीन हतारमा बनाइएको हुँदा सुरक्षित छैन ।

वास्तविकता नं-२) यो भ्याक्सीन कम समयमा तयार गरिएको भएता पनि यसले सुरक्षाका सबै मापदण्डहरू पार गरेको छ ।

भ्रम नं- ३) फूड एलर्जी भएका, कमजोर एवं प्रतिघाती प्रतिरक्षा प्रणाली भएका, बच्चालाई दुध चुसाउने आमा र गर्भवतीहरुले भ्याक्सीन लगाउन हुँदैन।

वास्तविकता नं-३) गर्भवतीहरुमा आधिकारीक निर्णय भईसकेको छैन । बाँकी अरुले यो भ्याक्सीन लगाउन सक्छन् ।

भ्रम नं-४) कोभीड–१९ भ्याक्सीन लगाएपछि कोभीड–१९ को संक्रमण हुन सक्दछ ।

वास्तविकता नं-४) कोभीड–१९ का चारै किसिमका भ्याक्सीनहरुलाई मानव उपयोगी बनाईएकाले कोभीड–१९ हुन सक्दैन ।

भ्रम नं- ५) कोभीड–१९ बाट संक्रमितहरुले भ्याक्सीन लगाउनु पर्दैन ।

वास्तविकता नं-५) प्राकृतिक प्रतिरक्षा प्रणाली कहिले सम्म टिक्दछ भनेर भन्न सकिन्न यसर्थ कोभीड संक्रमितहरुले पनि भ्याक्सीन लगाएर सुरक्षित होऔं ।

भ्रम नं- ६) कोभीड–१९ भ्याक्सीन लगाएपछि माक्स लगाउने र सामाजिक दूरी कायम गर्नु पर्दैन ।

वास्तविकता नं-६) भ्याक्सीन लगाए पनि महामारी नियन्त्रणका लागि माक्स लगाउने र सामाजिक दूरी कायम गर्नु पर्दछ । डा. हेमराज कोइराला/खबरहब 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button