खबर फटाफटप्रदेश

यात्रुसित बढी भाडा असुल्ने १५४ ओटा सवारी साधनलाई कारवाही

Thrill Factory
Rungta Group

वीरगञ्ज  । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले यात्रुहरुसित तोकिएभन्दा बढी भाडा लिने १५४ ओटा सवारीका साधनलाई कारवाही गरेको छ ।

ट्राफिक प्रहरीले बितेको साउन महीनामा ती सवारी साधनलाई कारवाही गरेको हो । सवारी सञ्चालकले यात्रुहरूबाट लिएको बढी भाडा ट्राफिक प्रहरीले यात्रुलाई फिर्ता गराएको छ । १ हजार ३९७ जना यात्रुले ३ लाख २५ हजार ८९१ रुपैयाँ भाडा फिर्ता पाएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए ।

यात्रुसँग बढी भाडा लिने सवारीलाई जरीवानासमेत तिराइएको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिए । ट्राफिकले ती सवारी साधनबाट २ लाख ३४ हजार ५०० रुपैयाँ जरीवाना पनि असुल गरेको उल्लेख गरेको छ ।

ट्राफिक प्रहरीले गत एक महीनामा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने ४८ जनालाई जरीवाना गरेको छ । उनीहरूबाट ४८ हजार रुपैयाँ जरीवाना उठेको पनि ट्राफिकले बताएको छ ।

तीव्रगतिमा सवारी चलाउने १९४ जना चालक कारवाहीमा परेका छन् । सो अवधिमा क्षमताभन्दा बढी भार बोकेका १५ ओटा ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको पनि ट्राफिकले बताएको  छ ।

ट्राफिक नियम उल्लंघन गर्ने २१ हजार ३२९ ओटा सवारीका साधन कारवाहीमा परेका छन् । यो कारवाहीबाट १ करोड ७६ लाख रुपैयाँ राजस्व उठेको जैसवारले जानकारी दिए ।

बितेको १ महीनामाा प्रदेश २ मा ५६२ ओटा सवारी दुर्घटना हुँदा ३५ जनाको ज्यान गएको छ । ती दुर्घटनामा १८१ जना घाइते भएको ट्राफिक पहरीले बताएको छ । ८२ ओटा चेतनामूलक कार्यक्रममा १५ हजार २०१ जना सहभागी भएको पनि  ट्राफिक प्रहरीले बताएको छ । आर्थिक अभियान

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button