वीरगञ्ज-वीरगञ्ज महानगरपालिकाले फोहोरमैलाको व्यवस्थापनका लागि फोहोमैला वर्गीकरण घरघरमै गर्नुपर्ने नीति अवलम्बन गरेको छ ।
महानगरपालिकाले सोही अनुरुप दोश्रो चरणमा महानगरपालिकाको वडा नं १, २, ३, ११, १३, १४, १५ र १६ का वडावासीका सम्पूर्ण घरधुरी तथा पसलधनीहरूलाई कुहिने फोहोरको लागि हरियो डस्टबिन र नकुहिने फोहोरको लागि रातो डस्टबिन निशुल्क वितरण गरेको छ ।
महानगर प्रमुख विजयकुमार सरावगीले कुहिन फोहोर राख्नका लागि हरियो डष्टविन र नकुहिने फोहोर राख्नका लागि घरधनी र पसल धनीहरूलाई डष्टविन वितरण गर्नुका साथै जनचेतनाको कार्यक्रम पनि गरेको बताउनुभयो ।
स्वच्छ तथा सफा वीरगञ्ज महानगरको लागि गरिएको यो प्रयासलाई सफल पार्न वीरगञ्ज महानगरपालिका कार्यालयले सम्पूर्ण नगरवासीको सहयोग तथा सहकार्यको लागि अपिल समेत गरेको छ । महानगर प्रमुख सरावगीले आज विभिन्न वडाहरूमा पुगेर फोहोर वर्गीकरण र व्यावस्थापनका लागि निःशुल्क डष्टविन वितरण गर्नुभएको हो ।