अन्तराष्ट्रिय

अफगानिस्तानमा मानवीय कार्यलाई जारी राख्ने तालिवानको घोषणा

Thrill Factory
Rungta Group

काठमाडौं- तालिबानले अफगानिस्तानमा मानवीय कार्यलाई जारी राख्ने बताएको छ । राष्ट्रसंघको शरणार्थी नियोग (यूएनएचसीआर) लाई छापसहितको वक्तव्य दिँदै मुलुकमा उक्त संस्थाको मानवीय र राहत कार्यलाई जारी राख्ने तालिबानले बताएको हो ।

यूएनएचसीआरकी एसिया प्यासिफिक क्षेत्रीय निर्देशक और्भासी पटेलले यो आश्वासनले मूर्त रुप पाए अहिले सहयोगको पर्खाइमा रहेका अफगानी नागरिकलाई सहयोग पुर्‍याउन सहयोग सकिने बताएकी छिन् ।

तालिबानले अफगानिस्तानका मानिसलाई विभिन्न आश्वासन र वक्तव्य दिँदै आफूहरुलाई विश्वास गर्न आग्रह गरे पनि मानिसहरुमा तालिबानप्रतिको आशंका कायमै छ । तालिबानको यसअघिको शासनकालको कारण पनि मानिसहरुमा एक किसिमको त्रास देखिएको पटेलको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button