No Image Headlineप्रदेश

वीरगञ्ज महानगरपालिकाले शुरू गर्‍यो अनलाइनबाटै राजस्व तिर्ने सेवा

Thrill Factory
Rungta Group

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अनलाइनबाटै राजस्व तिर्ने सेवाको शुरूआत गरेको छ ।

महानगरले वडा नंं. २९ बसडिल्वाबाट यो सेवाको शुरु गरेको महानगरका प्रमुख विजयकुमार सरावगीले बताए । महानगरका ३२ वडामध्ये २९ नम्बर वडाबाट पाइलट प्राजेक्टको रुपमा अनलाइन सेवा शुरू गरिएको हो । अब सो वडाका बासिन्दाले राजस्व बुझाउन महानगनरपालिकाको कार्यालयमा धाउनुपर्ने बाध्यता अन्त्य भएको वडाध्यक्ष धर्मेन्द्रप्रसाद महतो थारुले बताए ।

वडा कार्यालयमै राजस्व बुझाउने सुविधा पाएपछि स्थानीयबासिन्दालाई सहज भएको अध्यक्ष थारुको भनाइ छ । ‘अब ५० रुपैयाँ राजस्व बुझाउन कार्यालय धाउनकै लागि ५०० रुपैयाँ खर्च गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । वडा कार्यालयबाट बढीमा १० मिनेटमा राजस्व तिर्न सकिन्छ,’ थारुले भने ।

यसअघि त्यहाँका बासिन्दालाई राजस्त तिर्न महानगरपालिकामै पुग्नुपर्ने बाध्यता थियो । महानगरपालिकाको कार्यालय पुगेर कर तिर्न कम्तीमा २ दिन धाउनु परेको स्थानीयको गुनासो रहँदै आएको थियो ।

स्थानीयको यही समस्या समाधानका लागि यो वडाबाटै राजस्वसम्बन्धी अनलाइन सेवा थालिएको नगर प्रमुख सरावगीले बताए । अहिले पाइलट प्रोजेक्टको रुपमा शुरू गरिएको यो अनलाइन सेवालाई क्रमशः अन्य वडामा पनि विस्तार गर्दै लैजाने योजना सरावगीले सुनाए ।

तत्कालिन गाविसबाट एकैपटक महानगरमा स्तरोन्नति भएकाले यो वडामा भौतिक पूर्वाधारको अवस्था दयनीय छ । सडक र नाला निकासको समेत गतिलो प्रबन्ध हुने सकेको छैन । महानगरले स्रोतको अभावमा विकास निर्माणको काम अघि बढाउन नसकिएको बताउने गरेको छ । आर्थिक अभियानबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button