खबर फटाफटप्रदेश

अत्यावश्यक नपरी अस्पताल नआउन अस्पतालको आग्रह

Birgunj Metropolitan Notice

चितवन-चितवनको भरतपुर अस्पतालले उपचार गर्न आउने बिरामीलाई अत्यावश्यक अवस्थाबाहेक अन्य समयमा अस्पताल नआउन अनुरोध गरेको छ । कोरोनाका संक्रमित ह्वात्तै बढेपछि अस्पताले यस्तो सूचना गरेको हो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीले आइतबार सूचना जारी गर्दै कोरोनाका बिरामीको चाप अस्पतालमा बढ्दै गएकाले आवश्यक अवस्थामा मात्रै अस्पताल आउन अनुरोध गरेका हुन् ।

सूचनामा भनिएको छ, “अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याइएको श्यया सङ्ख्याभन्दा बढी संख्यामा बिरामीको उपचार गर्नुपरेको, सघन उपचर कक्ष, एचडियु, भेन्टिलेटर एवं अक्सिजन आवश्यक पर्ने बिरामीको सङ्ख्या अत्याधिक रहेको तथा कोभिड सङ्क्रमित बिरामीको मुत्युदर उच्च रहेको सन्दर्भमा आगामी दिनमा कोभिड सङ्क्रमित बिरामीको उपचार व्यवस्थापन थप कठिन हुँदै जाने देखिन्छ ।”

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button