अर्थ

नेप्सेमा परिसूचकमा करेक्सन, कारोबार रकममा रेकर्ड ब्रेक

Thrill Factory
Rungta Group

काठमाडौं – मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचकमा करेक्सन आएको छ ।

यो दिन अघिल्लो कारोबार दिनको भन्दा नेप्से परिसूचक २४ दशमलव ८८ अंक घटेर ३ हजार १५४ दशमलव शून्य ३ विन्दुमा बन्द भएको हो । यस वर्षको मौद्रिक नीतिमा मार्जिन कर्जा रकमको सीमा अधिकतम रू. १२ करोडसम्मको तोकिदा लगानीकर्ताहरु बजारमा लगानी घट्ने त्रासमा शेयर विक्री चाप बढ्दा नेप्से परिसूचकमा असर परेको हो ।

३ हजार १६५ दशमलव ७० विन्दुदेखि खुला भएको आइतवारको बजार ३ हजार १०५ दशमलव ३२ विन्दुसम्म झरेको थियो भने ३ हजार १८७ दशमलव १४ विन्दुसम्म पुगेको थियो ।

नेप्से परिसूचकमा करेक्सन आएपनि कारोबार रकमले भने यो दिन ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन रू. २१ अर्ब ६४ करोड ७६ लाख बराबरको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर कारोबार भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button