कोरोनाका सक्रिय संक्रमितको संख्या ४० हजार नजिक

काठमाडौं-नेपालमा विगत २४ घण्टामा २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी सो अवधिमा देशभरका प्रयोगशालामा गरिएको १२ हजार १०६ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।



मन्त्रालयका अनुसार सो अवधिमा १ हजार ८६७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। विगत २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालका कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १० हजार २९२ पुगेको छ ।



देशभर ३९ हजार २९८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ। तीमध्ये ३५ हजार १८ जना होम आईसोलेशनमा रहेका छन्।
त्यसैगरी संस्थागत आईसोलेशनमा ४ हजार २८० छन् भने ७५८ जना आईसीयूमा र १९३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। मन्त्रालयका अनुसार ४१९ जना क्वारेन्टाइनमा रहेका छन् ।