No Image Headlineअन्तराष्ट्रियमुख्य खबर

अफगानी राष्ट्रपति घानीले देश छोडे

Thrill Factory
Rungta Group

काठमाडौं-अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन्। तालिवानीले अफगानिस्तानका अधिकांश भूभाग आफ्नो कब्जामा लिइरहेका बेला राष्ट्रपति घानीले देश छोडेको समाचार सार्वजनिक भएको हो ।

राष्ट्रपति घानीले देश छोडेर काजिकास्तानतिर लागेको अन्तराष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ ।

अफगान उपराष्ट्रपति पनि भागेको हुनसक्ने बीबीसीले जनाएको छ । दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख शहरहरू तालिबान लडाकुहरूअघि झुकेको अवस्थामा उनी राजीनामा दिनुपर्ने दबावमा थिए।

यता, तालिवानले  शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतिक्षामा आफूहरु रहेको जनाएको छ । उसले सबै अफगानीको समावेशी सरकार चाहेको जनाएको छ ।

द गार्जियनले लेखेअनुसार बीबीसीसँग कुरा गर्दै तालिवान प्रवक्ता सुहाइल शाहीनले आफूहरुले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणको प्रतिक्षामा रहेको बताएका छन् । उनले तालिवानले इस्लामिक सरकार चाहेको पनि बताएका छन् ।

शाहीनले तालिवानले महिलाहरूको सम्मान गर्ने बताए । उनका अनुसार महिलाहरूलाई शिक्षा र काममा पहुँच हुनेछ । उनीहरूले हिजाब लगाउन पाउनेछन् । उनले कसैले पनि देश छाड्नु नपर्ने, आफूलाई सबै सक्षम व्यक्तिहरू चाहिएको र सबै दशमै बसेर सहभागी होऊन् भन्ने चाहेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button