खबर फटाफटप्रदेश

बीपी उद्यानको जग्गामा पार्किङस्थलको ठेक्का नदिन अन्तरिम आदेश

Thrill Factory
Rungta Group

वीरगञ्ज – वीरगञ्जको घण्टाघरबाट उत्तरतर्फ रहेको बीपी उद्यानको जग्गामा पार्किङस्थल ठेक्का नदिन उच्च अदालत वीरगञ्जले अन्तरिम आदेश गरेको छ ।

उद्यानका लागि छट्याइएको जग्गामा पार्किङस्थल निर्माणविरुद्ध परेको मुद्दामा सुनुवाइ गर्दै उच्च अदालत अस्थायी इजलाशले शुक्रवार यस्तो आदेश दिएको हो ।

अदालतले यो जग्गामा बीपी उद्यानबाहेक कुनै पनि सवारी पार्किङ निर्माण गर्ने तथा ठेक्का दिने काम कारबाही नगर्न/नगराउन अन्तरिम आदेश दिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शनिवार पत्रकार सम्मेलनमा बताए ।

रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता त्रिपाठी र देवेन्द्रलाल नेपालीले बहस गरेका थिए ।

घण्टाघरको उत्तरतर्फ रहेको बीपी उद्यानको जग्गामा गत असारमा पार्किङस्थल निर्माण गर्न थालिएपछि वीरगञ्जका धीरज गुप्ताले अदालतमा रिट दिएका थिए ।

उनले वीरगञ्ज महानगरपालिका, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा ठेकेदार कम्पनीलाई विपक्षी बनाएर असार २८ गते रिट निवेदन दर्ता राएका थिए

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button