No Image Headlineप्रदेश

वीरगञ्जका विद्यालय खुले

Thrill Factory
Rungta Group

वीरगञ्ज-वीरगञ्जका सामुदायिक तथा संस्थागत विद्यालयहरू आज आइतबारदेखि खुलेका छन् । वीरगञ्ज महानगरपालिकाले आइतवारदेखि कक्षा ८ देखि १२ सम्मको पठनपाठन सुचारु गर्ने निर्णय गरेको हो ।

महानगरपालिकाले गत बुधवार आयोजना गरेको सरोकारवालाहरूको छलफलले विद्यालय खोल्न महानगर नेतृत्वलाई आग्रह गरेपछि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय खोल्ने निर्णयमा पुगेको नगर प्रमुख विजयकुमार सरावगीले बताए ।

यसअघि कोरोनाको दोस्रो लहरमा बन्द गरिएका विद्यालय अहिलेसम्म पुनः सञ्चालनमा आउन सकेका थिएनन् । कोरोना नियन्त्रणमा आएकाले ‘ग्रीन जोन’मा परेको वीरगञ्जमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय खोल्न सकिने महानगरले बताउँदै आएको थियो । स्थानीय प्रमुख जिल्ला अधिकारी संयोजक रहेको संकट व्यावस्थापन केन्द्रले स्वीकृति दिएको थिएन ।

यसअघि मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेकाले मन्त्रिपरिषद्बाटै पुनः सञ्चालनको निर्णय आएमात्रै विद्यालय चलाउन पाइने अडान केन्द्रको रहँदै आएको छ ।

राजनीतिक दल, शिक्षक संघ संगठनका अगुवा, अभिभावकलगायतको सहभागिता रहेको छलफलले विद्यालय खोल्नुपर्ने निष्कर्ष निकालेपछि महानगर विद्यालय सञ्चालन गर्ने निर्णयमा पुगेको हो ।

शिक्षा स्थानीय सरकारको क्षेत्राधिकारमा पर्ने भए पनि स्थानीय प्रशासनको असहयोगका कारण विद्यालय बन्द गर्नुपरेको गुनासो सरावगीले गरे । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय खोल्न साथ दिने सहभागीहरूले बताएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button