No Image Headlineदेश

निको हुनेभन्दा नयाँ संक्रमित बढी, अधिकांश कोरोना संक्रमति होम आइसोलेसनमा

Thrill Factory
Rungta Group

काठमाडौंं-निको हुने संख्या भन्दा नयाँ संक्रमित बढी भएपछि पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ३९ हजार ४०५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

संक्रमितमध्ये ३६ हजारभन्दा बढी घरमा तथा ३ हजार ४०० भन्दा बढी संस्थागत आईसोलेशनमा छन्। हाल देशका विभिन्न जिल्लाका अस्पतालमा ७६० जना आईसीयूमा र १८६ जना भेन्टिलेटरमा छन्। हाल कुल परीक्षणको १९ दशमलव ३३ प्रतिशतमा संक्रमण देखिएको मन्त्रायलले बताएको छ ।

शनिबारको तथ्यांकअनुसार २४ घण्टामा १ हजार ३२० जना कोरोना संक्रमणमुक्त हुँदा २ हजार ६२४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन्।

यसैगरी सो अवधिमा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण १० हजार २५९ जनाको मृत्यु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button