खबर फटाफटप्रदेश

गण्डकी प्रदेशमा एमालेले बनायो संसदीय समूह

Thrill Factory
Rungta Group

पोखरा– नेकपा एमालेको गण्डकी प्रदेश संसदीय दलले प्रदेश सरकारको काम कारबाहीको निगरानी गर्न संसदीय समूह गठन गरेको छ । प्रदेश सरकारले गरेको कामको निगरानी गर्न मन्त्रालयसँग सम्बन्धित रहने गरी संसदीय समूह बनाइएको हो । स्याङ्जाका एमाले सांसद मोहनप्रसाद रेग्मीलाई समूहको संयोजक तोकिएको छ ।

गण्डकी प्रदेशअन्तर्गतका ११ वटै मन्त्रालयलाई हेर्ने गरी ९ सदस्यीय समिति बनाइएको रेग्मीले बताए । संसदीय दलको विधानअनुसार विकास निर्माणसँग खोज अनुसन्धान गर्ने उद्देश्यले निर्माण गरिएमो संसदीय समूह भएको रेग्मीले स्पष्ट गरे ।

अधिकांश समूहको मुल जिम्मेवारी पूर्वमन्त्रीहरुलाई दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात विकास समूहको जिम्मेवारी पूर्वमन्त्री रामशरण बस्नेतलाई जिम्मेवारी तोकिएको छ भने उद्योग, पर्यटन, वन तथा वातावरण विकास समूहमा पूर्वमन्त्री विकास लम्साल छन् ।

त्यसैगरी सामाजिक विकास समूहको जिम्मा पूर्वमन्त्री नरदेवी पुनमगरले पाएकी छन् भने कानुन, सूचना सञ्चार, प्रदेश मामिला समूहको संयोजक सांसद चन्द्रमोहन गौचन छन् । अर्थ समूह संयोजक इन्द्रलाल सापकोटा,  भूमि, व्यवस्था, कृषि समूहको संयोजक मित्रकुमारी गुरुङ र ऊर्जा तथा खानेपानी समूहको संयोजकमा मीन प्रसाद गुरुङ तोकिएका छन् । हरेकमा तीन तीन सदस्य रहने गरी बनाइएको समूहको मूल संयोजक रेग्मी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button