
वीरगञ्ज- नेपाल रेडक्रस सोसाइटी वीरगञ्जको माइस्थान उपशाखाले मास्क अभियानअन्तर्गत वीरगञ्जका विभिन्न स्थानमा मास्क बितरण गरेको छ ।






कोरोना संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन माइस्थान मन्दिर, ३ नम्बर रोड र गीतामन्दिर रोडमा मास्क बितरण गरिएको उपशाखा सदस्य प्राडा प्रमोदकुमार सर्राफले बताए ।



अहिले कारोना भाइरसको संक्रमण फैलिइहेका बेला मास्क प्रयोग गरेर नियन्त्रणका लागि जनचेतना जगाउन मास्क बितरण गरिएको प्राडा. सर्राफले जानकारी दिए ।
मास्क नलाउँदा संक्रमणको जोखमि बढ्ने र संक्रमितबाट चाँडो संक्रमण फैलिने जोखिम हुने भएकाले अनिवार्य रुपमा मास्क लगाएर कोरोना नियन्त्रणमा सहयोग गर्न आग्रह गरिएको थियो ।
मास्क बितरण कार्यक्रम उपशाखा अध्यक्ष मदनप्रसाद गुप्ताको अगुवाईमा भएको प्राडा सर्राफले बताए ।