अर्थखबर फटाफटप्रदेश

‘बी नेचुरल’ ब्राण्डको आईसक्रिम र दूधजन्य उत्पादन बजारमा

वीरगन्जमा गढीमाई डेरीको बिक्री कक्ष उद्घाटन

वीरगन्ज- गढीमाई डेरीले वीरगन्जको पानीटंकी रोडमा आफ्ना उत्पादनको बिक्री कक्ष सञ्चालनमा ल्याएको छ । शनिबार एक समारोहबीच बिक्रीकक्षको उद्घाटन गरिएको हो । वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल र नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले बिक्री कक्षको उद्घाटन गर्नुभयो ।

वीरगन्जको रानीघाटमा सञ्चालनमा रहेको डेरीले ‘बी नेचुरल’ ब्राण्डमा उत्पादन बजारमा ल्याएको छ । करीब २ वर्षअघि उत्पादन थालेको डेरीले अहिले दूध, दही, पनिर, घीउ र आईसक्रिम उत्पादन गरिरहेको उद्योगका सञ्चालक रविन्द्र सिंहले जानकारी दिनुभयो ।

डेरीले ५० प्रकारको फ्लेवरमा आईसक्रिम उत्पादन गर्न सक्ने बताएको छ । अहिले २५ फ्लेबरमा आईसक्रिम उत्पादन गरिरहेको डेरीले ग्राहकको अर्डर अनुसार फ्लेवर बढाउँदै लैजाने जानकारी सञ्चालक सिंहले दिनुभयो ।

डेरीले वीरगन्ज महानगरका २५ स्थानमा डिलर नियुक्त गरिसकेको छ । प्रदेश २ को राजधानी जनकपुर, सिन्धुली, रौतहटको चन्द्रपुर, सर्लाहीको लालबन्दी र बाराको नजगढमा पनि डिलर विस्तार भइसकेको छ । निकट भविष्यमा अन्य क्षेत्रमा पनि डिलर थप्दै जाने योजना डेरीको छ ।

डेरीले आफ्नो बिक्री कक्षमा आईसक्रिमको पकौडा पनि बिक्रीका लागि राखिने बताएको छ । पछिल्लो समय आईसक्रिम पकौडाका पारखीहरू बढ्दै गएकाले यसको उत्पादन थालिएको सञ्चालक सिंहले बताउनुभयो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button