
काठमाडौंं-नेपालमा विगत २४ घण्टाभित्र थप २ हजार ६२४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार १३ हजार ५७३ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ६२४ जना संक्रमित भेटिएका हुन्।


यसैगरी सो अवधिमा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण १० हजार २५९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १ हजार ३२० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो विवरण अनुसार हाल देशभर ३९ हजार ४०५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
संक्रमितमध्ये ३६ हजारभन्दा बढी घरमा तथा ३ हजार ४०० भन्दा बढी संस्थागत आईसोलेशनमा छन्। हाल देशका विभिन्न जिल्लाका अस्पतालमा ७६० जना आईसीयूमा र १८६ जना भेन्टिलेटरमा छन्। हाल कुल परीक्षणको १९ दशमलव ३३ प्रतिशतमा संक्रमण देखिएको मन्त्रायलले बताएको छ ।