खबर फटाफटप्रदेश

नक्कली प्रहरी पक्राउ

Thrill Factory
Rungta Group

काँकडभिट्टा-सादा पोसाक प्रहरी भन्दै कुटपिट र असुलीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापा बिर्तामोडकी नयनसरी राजवंशीले साउन २२ गते इलाका प्रहरी कार्यालय अनारमनीमा दिएको उजुरीका आधारमा कन्काई ७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड ३ का ३२ वर्षीय टीका खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

गत साउन ११ गते दिउँसो उप्रेती र खत्रीले आफूहरू सादा पोसाकको प्रहरी भन्दै नयनसरीलाई धम्क्याएर रकम असुली गरेका थिए । ‘तपाईंको छोरा लागूऔषध खाने, बेच्ने गर्दोरहेछ । छोरालाई बचाउने हो भने २० हजार रुपैयाँ दिनु’ भन्दै उनीहरूले नयनसरीलाई धम्क्याएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button