देशमुख्य खबर

प्रचण्ड मार्गचित्रः कता जाला माओवादी केन्द्र ?

Thrill Factory
Rungta Group

काठमाडौं-तत्कालीन प्रधानमन्त्री केपी ओलीसँगको अन्तरकलह र न्यायिक निरुपणमार्फत पुरानै स्वरुपमा फर्किएको नेकपा माओवादी केन्द्र यतिखेर पार्टीलाई नयाँ शिराबाट अघि बढाउने प्रयत्नमा छ ।

आगामी बैशाखमा हुने स्थानीय चुुनाव र त्यसपछिका प्रदेश र संघीय संसदको निर्वाचनलाई ध्यामा राखेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई दुरुस्त बनाउने योजना बनाएका छ । अध्यक्ष दाहालले यसका लागि विकल्पसहितको मार्गचित्रसमेत तयार पारेका छन् ।
यही उद्देश्यका लागि आजदेखि माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठकमा पुसमा राष्ट्रिय सम्मेलन गर्ने गरी कार्ययोजना पेस हुने माओवादीले बताएको छ ।

‘देशैभरि पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण गर्नेदेखि संरचना नभएका ठाउँमा नयाँ निर्माण गर्नेसम्मका योजना भएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।

बैठकमा दाहालले आगामी निर्वाचनलाई ध्यानमा राख्दै विकल्पसहितका मार्गचित्र पेश गर्ने कार्यक्रम छ । दाहालको मार्गचित्रमा पहिलो प्राथमिकता सदस्यता नवीकरण, संगठन निर्माणमा छ ।

दोस्रोमा माओवादी पार्टीहरूबीच सहकार्य र सम्भव भए पार्टी एकता गर्ने, तेस्रोमा कम्युनिस्ट शक्तिहरूबीच ध्रुवीकरण गरेर अघि बढ्ने, चौथोमा अहिलेको गठबन्धनलाई चुनावी गठबन्धन बनाउने र पाँचौंमा त्यही गठबन्धनको बलमा पुनः केन्द्र र प्रदेशको सत्ता राजनीतिमा आफूलाई निर्णायक शक्ति बनाउने छ ।

पार्टीलाई बलियो बनाउने इच्छा देखिए पनि त्यतिले मात्रै नपुग्ने माओवादी नेता राम कार्कीले बताए । यसका लागि नीति, विचार र आचरणले डोर्‍याउनुपर्ने उनले स्पष्ट पारे । ‘अहिले हामी विघटनको संघारमा छौं । यस्तो अवस्थामा कसरी आयौं भनेर कठोर समीक्षा हुनुपर्छ । यो समीक्षा गर्ने आँट अब प्रचण्डले गर्नुपर्छ, अरूले गरेर पुग्दैन ।’ कार्कीको धारणा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button