देशमुख्य खबर

कांग्रेसमा किचलो : आएन महाधिवशेनको नयाँ कार्यतालिका

Thrill Factory
Rungta Group

काठमाडौं-नेपाली कांग्रेसले निर्वाचन समितिले पेस गरेको निर्वाचन निर्देशिकामाथि छलफल भएपछि मात्रै महाधिवशेनको नयाँ कार्यतालिका ल्याउने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा शीर्ष तहमा सहमति नजुटेपछि महाधिवेशन कार्यतालिका पेश हुन नसकेको हो ।

महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेको प्रस्तावमा केन्द्रीय सदस्यहरूको सुझाव र निर्णयबाट कार्यतालिका बनाउने कांग्रेसले जनाएको छ । बैठकमा निर्वाचन समितिले बनाएको निर्देशिका महामन्त्री पुर्णबहादुर खड्काले पेश गरेका हुन् ।

त्यस्तै समायोजन समितिको प्रतिवेदन उपसभापति विमलेन्द्र निधिले पेश गरेका छन् भने क्रियाशील छानविन समितिको प्रतिवेदन नेता रमेश लेखकले पेश गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शर्माले केन्द्रीय सदस्यहरुको सुझावपछि महाधिवेशनको कार्यतालिका आउने बताए ।

यसअघि तय भएको भदौ १६–१९ सम्म निर्धारित कार्यतालिकामा महाधिवेशन नहुने भएपछि कांग्रेसमा नयाँ कार्यतालिका बनाउन छलफलमा जुटेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button