अर्थ

श्वेतपत्र तथ्यहीन रहेको नेता पौडेलको आरोप

Thrill Factory
Rungta Group

काठमाडौं – पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका नेता विष्णु पौडेलले सरकारले संसदमा पेश गरेको अर्थतन्त्र सम्बन्धी श्वेतपत्र अघिल्लो सरकारको तथ्यहीन आलोचना र पूर्वाग्रहीमा केन्द्रीत रहेको आरोप लगाएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको विषेश समयमा बोल्दै नेता पौडेलले अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको श्वेतपत्र अघिल्लो सरकारका कामहरूका बारेमा तथ्यहीन आलोचना र विरोध गरिएको आरोप लगाए । उनले पूर्वाग्रही ढंगले स्वेतपत्र ल्याइएको समेत आरोप लगाए ।

उनले राजनीतिक दलहरूबीच नीति, विचार र दृष्टिकोणमा मतभिन्नता हुन सक्ने तर मुलुकको आर्थिक अवस्थ कस्तो छ भन्ने कुरा तथ्यमा रहने धारणा राखे । उनले तथ्यको तोडमोड गरेर अर्थमन्त्री शर्माले स्वेतपत्र जारी गरेको जिकिर गरे ।

आफूले अध्यादेशमार्फत लोकप्रिय बजेट ल्याएको र त्यसलाई निजी क्षेत्रले पनि समर्थन र स्वागत गरेको पौडेलले दावी गरे । कोभिड–१९ को कारणले पूँजीगत खर्चमा नकारात्मक चाप पर्दा चालू खर्च बढेको र पुनर्निर्माणको खर्च पनि साधारण खर्चमा गणना भएकाले चालु खर्चको आकार बढ्न गएको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button