
वीरगञ्ज- अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर नेपाली युवा उद्यमी फोरम (एनवाईईएफ) र वीरगञ्ज बैंकर्स ग्रुपले वीरगञ्जमा बिहीबार रक्तदान आयोजना गरेको छ ।


आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रमुख कर अधिकृत सुनील यादव प्रमुख अतिथि रहेको सो रक्तदान कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठ, नारायणी अस्पतालका डा. निरज सिंह र डा. उदयनारायण सिंह विशिष्ठ अतिथि थिए ।
एनवाईईएफ वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देशव्यापी रुपमै रक्तदान कार्यक्रम आयोजना भएको जानकारी दिए । वीरगञ्जमा आयोजना गरिएको रक्तदानमा ६० जनाले रक्तदान गरेको बैंकर्स ग्रुपका अध्यक्ष नितेस खड्कीले बताए ।
नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज ब्लड बैंकले प्राविधक सहयोग गरेको रक्तदान कार्यक्रममा वीरगञ्ज युवा समाज, भोलेन्टियर समूह र इम्प्रोभिङ वीरगञ्जले सहकार्य गरेका थिए ।