खबर फटाफटदेश

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

Thrill Factory
Rungta Group

काठमाडौं-नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले १४औँ महाधिवेशनको भदौ १६ देखि १९ मा हुन सक्ने या नसक्ने भन्नेबारे ठोस निर्णय हुन सक्ने नेता गुरूराज घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार अब निर्धारित मितिमा महाधिवेशन असम्भव भएकाले प्रतिकात्मक तवरले सो मितिमा ७ वटै प्रदेशका केही पालिकामा सर्वसम्मत अधिवेशन गरेर पुषसम्म महाधिवेशन गरिसक्ने विकल्पमा पार्टी जान सक्नेछ ।

केही कानून व्यवसायीहरुले पनि यस्तो गरेमा पार्टीको बैधतामा खासै अप्ठ्यारो नपर्ने भएकाले निर्वाचन आयोगसँग अनुमति लिने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बुधबार बसेको पदाधिकारी बैठकले पनि भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न सम्भव नदेखिएकोले महाधिवेशनलाई कहिले र कसरी भन्नेबारे केन्द्रीय समितिमार्फत टुंग्याउनु पर्ने निष्कर्ष निकालेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button