अर्थ

खोप खरीदका लागि सरकार-एडीबी सहुलियतपूर्ण ऋण सम्झौता

Thrill Factory
Rungta Group

काठमाडौं – सरकार र एशियाली विकास बैंक (एडीबी) बीच बुधवार १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव मधु कुमार मरासिनी र एडीबीका तर्फबाट कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । कोरोना विरुद्धको खोप खरीद गर्नका लागि सरकार र एडीबी बीच सहुलियतपूर्ण ऋण सम्झौता भएको हो ।

उक्त ऋण सहायताबाट १ करोड ५९ लाख डोज कोरोना विरुद्धको खोप खरीद गरिने सो अवसरमा जानकारी दिइएको थियो ।उक्त खोपबट ६८ लाख नागरिक लाभान्वित हुने बताइएको छ ।

कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताको लागि एसियाली विकास बैंकको यो सहायता महत्वपूर्ण हुने बताए ।

एडीबीका कन्ट्री डाइरेक्टर कुस्वाले यो सम्झौता कोभिड–१९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगी हुने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button