अर्थ

विद्युत् प्राधिकरणमा कुलमानको पुनरागमन

Thrill Factory
Rungta Group

काठमाडौं-नेपाल विद्युत् प्राधिकरणमा नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् ।

बुधबार ऊर्जा सचिव देवेन्द्र कार्कीले ऊर्जा मन्त्री पम्फा भुसालको उपस्थितिमा उनलाघ नियुक्ति पत्र दिएका थिए । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

साविकका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने सरकारले जल तथा शक्ति आयोगमा विशिष्ट श्रेणी सरह खाइपाइ आएको सेवा सुविधा राखी चार वर्षका लागि नियुक्त गरेको छ । पदबहाली गर्दै घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूर्ण रुपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय शुरु गरेको तथ्य पेश गर्दै घिसिङले भने , “यस पटक त्यतिबेलाको भन्दा ठूला र विशाल चुनौती छन् । त्यसलाई स्वीकार गरेर आएको छु । मेरो एक्लो प्रयासले मात्रै केही हुँदैन । हामी सबै मिलेर काम गरौँ । देश, जनता र राष्ट्रका अपेक्षा पूरा गर्न सकिन्छ ।”

आफूले प्राधिकरण छाडेर गएपछि शुरु भएका सकारात्मक कामलाई अगाडि बढाउने र गलत काम भएका छन् भने त्यसलाई सुधार गरेर अगाडि बढ्ने उनले आफ्नो कार्ययोजना रहेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button