प्रदेशमुख्य खबर

लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान

Thrill Factory
Rungta Group

बुटवल- लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आज आह्वान गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले साउन २८ गते दिउँसो ३ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई न्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि बिहीबार दिउँसो ३ बजेभित्र दावी पेश गर्न आह्वान गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले बुधवार प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन बस्नु अगावै प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका थिए। उनी प्रदेश सभामा अल्पतमा परेका थिए ।

विपक्षी गठबन्धनमा ४१ जना सांसद छन् भने उनको पक्षमा एमालेका ३८ सांसद मात्र छन्। प्रदेश सभामा उनीविरूद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल हुनुअघि नै उनले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी पाएसँगै लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको थियो।

बैठकमा सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाएका थिए ।

यसअघि राजीनामाको आधिकारिक जानकारी प्रदेशसभामा नआएको भन्दै पूर्वनिर्धारित तालिकाअनुसार १ बजेदेखि विशेष अधिवेशनको पहिलो बैठक शुरु भएको थियो । अधिवेशनमा अविश्वासको प्रस्ताव टेबल भएको थियो ।

विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने तयारी गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button