प्रदेशयस्तो पनि

शिक्षकलाई तलब दिन विद्यालयमा अदुवा खेती

Thrill Factory
Rungta Group

रोल्पा-निजी स्रोतका शिक्षकलाई तलब दिन रोल्पाको एउटा विद्यालयले अदुवा खेती शुरु गरेको छ ।

रोल्पा नगरपालिका–२ देउरालीस्थित सरस्वती आधारभूत विद्यालयले अदुवा र केहि फलफूलका बिरुवा लगाएको छ । विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई तलब खुवाउन अभिभावकबाट सहयोग उठाउँदै आएको विद्यालयले आफ्नै आय स्रोतबाट तलब खुवाउने उद्देश्यले खेती शुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर ओलीले बताए ।

विद्यालयको आम्दानी बढाउन थप खेती विस्तार गर्ने योजना रहेको पनि अध्यक्ष ओलीको भनाइ छ । विद्यालयको आम्दानी बढाउन शुरु गरिएको तरकारी र फलफूल खेतीमा अभिभावकहरुले पनि सहयोग गर्दै आएका छन् ।

सदरमुकाम नजिकै रहेको यो विद्यालयमा हाल ९० जना बालकालिकाहरुले अध्ययन गरिरहेका छन् । विद्यालयले आम्दानीको स्रोतसँगै शैक्षिक गुणस्तरलाई पनि वृद्धि गर्ने योजना बनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button