अर्थखबर फटाफटप्रदेश

वीरगञ्जका होटल व्यवसायीले बल्ल पाए कोरोनाको खोप

Thrill Factory
Rungta Group

वीरगञ्ज-वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीले लामो प्रयासपछि कोरोनाको खोप लगाउन पाएका छन् ।

मंगलबार होटल तथा पर्यटन व्यवसायी र त्यहाँ कार्यरत कामदार कर्मचारीले कोरोनाको पहिलो डोज लगाएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले बताएको छ ।

होटल र पर्यटन व्यवसायी र कामदार कर्मचारी गरी ४५० जनाले खोपको पहिलो मात्रा लगाएको जानकारी होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले दिए ।

भारतसित खुला रुपमा सिमाना जोडिएको वीरगञ्जको होटल र पर्यटन व्यवसाय कोरोना संक्रमणको सम्भावनाको दृष्टिले पनि उच्च जोखिमा थियो । यही जोखिमलाई ध्यानमा राखी खोपमा प्राथमिकता दिइनुपर्ने माग व्यवसायीहरुले गरेका थिए ।

संघले लामो समयदेखि खोप उपलब्ध गराउन माग गर्दै आएको थियो । सरोकारका निकायहरुको सहयोग र सहजीकरणमा खोप उपलब्ध भएको अध्यक्ष पन्तले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button